सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, २० : ३९
सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै मंगलबार अर्थात चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । 

हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरेको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस