काठमाडौँ । कम्पनीको ३३औं वार्षिक साधारणसभा कम्पनीकी अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।
सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड १९ को प्रकोप यथावत रहे तापनि प्रतिस्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकताअनुसारको उच्च गुणस्तरीय बीमा योजनाले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन्।नेपालको बीमा बजारमा आउने दिनमा जोखिम सुरक्षा गर्ने बीमा योजनाको बढी माग हुने आँकलन गर्दै उनले आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा वृद्धि गर्ने सरकारको प्रयासका साथै बढ्दो घरेलु बचत एवं प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुगेको धारणा राखिन्।
‘आव २०७६/०७७ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ। कूल बीमा शुल्क १५.१२ प्रतिशतले वृद्धि भई रु ९२६.७४ करोड पुगेको छ। जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भई रु ३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले वृद्धि भई रु ३,१८५ करोड पुगेको छ’, उनले भनिन्, ‘कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आव २०७६/०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको छ। साथै कम्पनीको चुक्ता पूँजीसमेत सन्तोषजनक रहेको र चालु वर्षको बोनससमेत गरी कूल पूँजी रु ४ अर्ब ३ करोड नाघेको छ।’
अध्यक्ष सिंहले आव २०७७/०७८ मा कम्पनीको प्रथम बीमा शुल्क ७१ प्रतिशतले वृद्धि भई रु ४ अर्ब नाघेको जानकारी गराइन्।साधारणसभाले आव २०७६/०७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बोनस शेयरवापतको कर प्रयोजनको लागि रु ३ अर्ब ३९ लाख ८ हजार ८९२ नगद लाभांश प्रस्ताव पारित गरेको छ।
यसैगरी साधारणसभाबाट संस्थापक समूह (क) वर्ग बाट ३ जना श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली सञ्चालकमा निर्वाचित भएका छन्। सर्वसाधारण (ख) वर्गबाट २ जना श्रीमती भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, १५ : ४३
लेखकबाट थप