एजेन्सी । इराकको कुर्दिश क्षेत्रमा १२ ओटा क्षेप्यास्त्र प्रहार गरिएको छ । क्षेत्रीय राजधानी इब्रीलमा स्थानीय समयानुसार आइतबार विहान ११ बजे घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । इराकको सिमा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको क्षेत्रीय गृह मन्त्रालयले जनाएको छ ।
क्षेप्यास्त्रका कारण एक जना घाइते पनि भएका छन भने कतिपय भवनहरुमा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयद्धारा जारी वक्तव्यका अनुसार कुर्दिश सुरक्षा फौजले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको छ । घटनाका बारेमा थप जानकारी अनुसन्धान पछि मात्रै दिने पनि मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
घटनाका सम्वन्धमा अहिलेसम्म कसैले पनि जिम्मेबारी दिएको छैन । तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा शान्त मानिएको कुर्दिशमा भएको घटनाले थप चिन्ता थपेको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ फागुन २०७८, १५ : ३३
लेखकबाट थप