‘बिजबजार अनलाइन सपिङ एप’ गुगलप्ले स्टोरमा

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १४ : ४०
‘बिजबजार अनलाइन सपिङ एप’ गुगलप्ले स्टोरमा

काठमाडौँ  ।  नेपालका साना तथा मझौला उद्यमहरूलाई बढावा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार ईकमर्स प्लेटफर्मको एप गुगलप्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ।

अनलाइन सपिङलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजार अनलाइन सपिङ एपमा कार्य गर्दै आइरहेका छन्।यस एपबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्ने बिजबजारले जनाएको छ।यो अनलाइन सपिङ एप प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राहीमैत्री बनाउँदै समय सापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरूसहित सेवाग्राहीहरूसमक्ष प्रस्तुत गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्लेस्टोरमा गएर तुरुन्तै र सजिलै एप डाउनलोड गर्न सक्नेछन् भने छिट्टै नै आईओएस प्रयोगकर्ताहरूका लागि एप्पल स्टोरमा पनि एप उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ। 

प्रतिक्रिया दिनुहोस