एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारीतर्फ

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १३ : ४४
एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारीतर्फ

काठमाडौँ ।  नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ। त्यसका लागि ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो।

दुई कम्पनीबीच भएको आधिकारिक साझेदारीपछि एमएडब्लू भृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी ल्याउने छ।वातावरण सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र वातावरण र नेपाललाई सुहाउँदो सवारी भित्र्याउन लागेको कम्पनीले जानकारी दिएको छ। पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हिलर सवारी भित्र्याउने योजना बनाएको छ।

ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने विश्वास गरिएको छ। कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने कम्पनीले विज्ञप्तिमा जनाएको छ। 

प्रतिक्रिया दिनुहोस