काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् ।अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् ।
यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन्। फिल्ममा अक्षयको चरित्र आकर्षणको चरित्र भएकाले पनि निर्माताले प्रचारको नयाँ शैलीलाई अपनाएका हुन् ।
निर्माताहरुले ‘बच्चन पाण्डेकी सवारी’ शनिबारबाट सुरु गरेका छन् । यो सवारी १५ मार्चसम्म अलग–अलग स्थानमा चल्नेछ । फिल्मका निर्देशक फरहाद सामजी हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ फागुन २०७८, ११ : ३४
लेखकबाट थप