काठमाडौं । भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर धमाधम पक्राउ पर्न थालेका छन् । प्रेस काउन्सिलको सिफारिसपछि प्रहरीले युट्युबरलाई पछिल्ला दिनमा धरपकड बढाएको हो ।
सोही क्रममा प्रहरीले बुधबार थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।
हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ भ्रामक समाचार सम्प्रेषण आरोप प्रहरीले लगाएको छ ।
उनीहरुले पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको दाबी प्रहरीको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ७÷७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ फागुन २०७८, ०८ : ००
लेखकबाट थप