स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्छ : अर्थमन्त्री  शर्मा

सफल खबर संवाददाता

बुधबार, २५ फागुन २०७८, ११ : ३८
स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्छ : अर्थमन्त्री  शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीसँग अर्थमन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले भने, ‘स्थानीय तहलाई आत्मनिर्भर नबनाई सुखै छैन । उत्पादन, निजी क्षेत्र, रोजगारी, प्राकृतिक स्रोतलगायत सबै क्षेत्रमा स्थानीय तहलाई आत्मनिर्भर बनाइयो भने देश अघि बढ्छ ।’

उनले स्थानीय तहमा विकृति भए सुधार गर्नुपर्ने तर सधैँ गाली गरेर खराब मात्रै देखाउन नहुने सुझाव दिए । ‘स्थानीय तहमा केही नकारात्मक कुराहरु होलान् । तर, स्थानीय तहले धेरै सकारात्मक काम गरेका छन्’ उनले भने’, ‘कोभिडको यत्रो महामारी भएका संक्रमित जनतालाई कसले बचायो ? थप जनसंख्यामा संक्रमण फैलन नदिनबाट कसले जोगायो ?

आयोग अध्यक्ष बालानन्द पौडेलसहितका सदस्यले आगामी आर्थिक बर्ष ०७९÷८० को बजेट निर्माणमा सघाउ पुग्ने गरी ‘अन्तर–सरकारी बित्तिय सम्बन्ध’ का विषयमा प्रस्तुती दिएका थिए । सो प्रस्तुती अपूर्ण भएको र थप सुक्ष्म ढङ्गले सुझाव पेश गर्न अर्थमन्त्री शर्माले निर्देशन दिए ।

कतिपयले प्रदेशको आवश्यकता नै छैन भनेर गतल तर्क गर्ने गरेको उनको भनाई छ । ‘कतिपय अवस्थामा प्रदेशमा विकृती देखिएको सत्य हो । तर, कर्णाली प्रदेश सरकारले ३०–३५ अर्बको बजेट बनाइरहेको छ । कर्णाली प्रदेश सरकार नभएको भए यो बजेट कसरी त्यो ठाउँमा पुग्थ्यो । प्रदेशका विषयमा गलत तर्क गर्ने व्यक्तिगत समस्या हुन् । व्यक्तिगत समस्यालाई प्रणालीमा लगेर दोष दिन मिल्दैन’ मन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस