गाईसँग माेटरसाइकल ठोक्किँदा एकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २९ असोज २०८१, ०८ : ३७
गाईसँग माेटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुर्खेत। वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-८का ५० वर्षीय महेश पौडेल रहेका छन्।सुर्खेत प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर भे५प ४०४२ नम्बरको उनको मोटरसाइकल वीरेन्द्रनगरकाे कालुङचोकमा गाईसँग ठोक्किएको तियो ‌।

दुर्घटना लगत्तै उनलाई प्रदेश अस्पताल लगिएको तियो । राति ८ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस