नेपालगन्ज । ‘मेड इन इटाली’ लेखिएको १ थान स्वचालित पेस्तोल, एक थान म्याग्जिन, दुई राउन्ड गोलीसहित सिरहा मिर्चैया–१० का २६ वर्षीय रामकुमार यादव र २२ वर्र्षीय रूपेश यादव २९ असारमा पक्राउ परे।
अत्याधुनिक पेस्तोल, दुई म्याग्जिन र दुई राउन्ड गोलीसहित भारतको सिद्धार्थनगर पञ्चायत–३ का करमुल्हाल आमिर र राजा खान ९ साउनमा समातिए। उनीहरू हतियार बेच्न दाङ गढवा–१ जुरौली देउखुरीमा आएका थिए।
कटुवा पेस्तोल बेच्दै गरेको सूचनाका आधारमा वीरगञ्ज–२५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय लक्की पटेल र पोखरीय–२ का २० वर्र्षीय विक्रान्त पटेल १२ साउनमा वीरगन्जबाट प्रहरीको फन्दामा परे।
यी घटना त प्रहरीले साना हतियार बरामद गरेका दृष्टान्त मात्र हुन्। यसले भारतीय सीमावर्ती जिल्ला र सहरमा अवैध रुपमा यस्ता हतियार भित्रिने गरेको देखाउँछ। तिनको प्रयोग आपराधिक गतिविधिमा पनि प्रयोग भइरहेको अनसुन्धानले देखाउँछ।
प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी साना हतियार नै अधिकांश हत्या, हिंसा र आपराधिक क्रियाकलापमा प्रयोग भएको भेटिएको बताउँछन्। ‘ठूला हतियार त एक्सिडेन्टल्ली युज हुने हो। साना हतियार नै प्रयोग हुने हो’, प्रवक्ता केसी भन्छन्, ‘खुला सीमाका कारण पनि तराईमा हतियारबाट हुने अपराध अलि बढी हुने गरेको छ।’
नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतका अपराधीले पनि यता आश्रयस्थल बनाएको विभिन्न घटनाक्रमले देखाएको छ।
२०७४र७५ देखि चालु आर्थिक वर्षको माघसम्म पाँच वर्ष अवधिमा हातहतियार तथा खरखजानासम्बन्धी १ हजार १ वटा मुद्दा दायर भएको प्रहरीको तथ्यांक छ। यो अवधिमा १ हजार २ सय २४ वटा साना–ठूला हतियार बरामद गरिएको जनाइएको छ। जसमध्ये ४ सय ३ वटा साना प्रकारका छन्। यस्तै हतियार प्रहरीका लागि सुरक्षा चुनौती बनेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ फागुन २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार
दुर्गा प्रसाईंले लिएको हतियारको विवरणहरू प्राप्त नभएपछि मन्त्रालय रनभुल्लमा
हतियारसहित सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ