हवाई इन्धनमा कम नाफा राख्न संघको आग्रह

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, ११ : २९
हवाई इन्धनमा कम नाफा राख्न संघको आग्रह

काठमाडौैं । वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यमा नेपाल आयल निगमले राखेको नाफाको दरमा पुनर्विचार गर्न आग्रह गरेको छ । निगमले मूल्य समायोजन गर्दा हवाई भाडा पनि बढाउनुपर्ने र त्यसले यात्रु संख्या घट्ने भन्दे संघले यस्तो आग्रह गरेको हो ।
संघले भनेको छ, ‘नेपाल आयल निगमको बिहीबार प्रकाशित प्रेस विज्ञप्ति अनुसार हवाई इन्धन आन्तरिकतर्फ रु। २३।०८ नाफा लिएको देखिएकोले हवाई इन्धनमा मौखिक सहमति अनुसार रु। १० भन्दा बढी नाफा नलिने गरी मूल्य समायोजन गरी दिनुहुन अनुरोध गर्दछौं । अन्यथा यहाँसँग हवाई इन्धन खरिद गर्न बन्द गर्नुका साथै अत्यधिक व्ययभारका कारण उडान नै बन्द गर्नुपर्नेतर्फ समेत ध्यानाकर्षण गराउँदछौं ।’
नेपालमा हवाई यातायात सेवा विलासिता नभई सर्वसाधारणको पहुँचमा पुगेको यातायात भएको संघको भनाइ छ । वायुसेवा कम्पनीहरुले सस्तो भाडादरमा दैनिक १५ हजारभन्दा बढी नेपालीलाई सेवा दिएसँगै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु(याइराखेको संघको दाबी छ ।
नेपालका सबै होटल, रेष्टुराँ, पार्टी प्यालेस र धनाढ्य व्यक्तिहरुले नेपाल आयल निगम घाटामा गएको एलपी ग्यास सस्तो दरमा उपभोग गरिराखेको भन्दै संघले निम्न आय भएकालाई सस्तोमा ग्यास उपलब्ध गराएर उद्योग व्यवसाय र धनाढ्य घरपरिवारलाई त्यही अनुपातमा मूल्य वृद्धि गर्न उपयुक्त हुने सुझाएको छ ।
हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा समायोजनको लागि नागरिक उड्डयन प्राधिकरणमा भाडा वृद्धिको प्रस्ताव पठाएको छ । प्राधिकरणले सो प्रस्ताव स्वीकृत गरेपछि हवाई भाडामा वृद्धि हुनेछ ।  

प्रतिक्रिया दिनुहोस