बाँके । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् ।
पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।
उनले भने “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।” उनले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटेका छन् ।
पुस्तकमाथि प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्वसचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइजिपीको स्पष्टीकरण - अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गरियो
माओवादी नेता कृष्णबहादुर महरालाई आज अदालत लाने तयारी
महराको बयान आज पनि जारी रहने, म्याद थपका लागि अदालत लगिँदै
पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना
पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति
कृष्णबहादुर महरालाई सीआईबी पुर्याइयो