महोत्तरी । नेपाली कांग्रेसको जिल्ला सभापतिमा नागेश्वर यादव विजयी भएका छन् । शुक्रबार सम्पन्न मतदानको आज बिहान घोषित परिणामअनुसार पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी यादव विजयी भएका हुन् ।
विजयी यादवले खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत र उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार यादवले ७७९ र अर्का प्रतिद्वन्द्वी बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गरेका थियो । मत गणनामा ४३ मत बदर भएको निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।
मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका थिए । सभापति पदको नतिजा सार्वजनिक भएपछि अब अन्य पदाधिकारी र सदस्यको पनि मतगणना थालिएको छ ।
सभापतिमा विजयी यादव पञ्चायतकालदेखि नै पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । यसअघि नेपाल विद्यार्थी सङ्घको विभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसक्नुभएका यादव दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उम्मेदवार भए पनि विजयी हुन सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, ०८ : २९
लेखकबाट थप