काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि प्रचलित कानुन बमोजिम राजनीतिक, सामाजिक, आर्थिक व्यावसायिक लगायतका कार्य स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् ।
कोरोना संक्रमित र ओमिक्रोन भेरियन्टको संख्या बढेपछि केही क्षेत्रमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय कोरोना संक्रमण न्यून विन्दुमा झर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्मार्ट लकडाउन हटाएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ फागुन २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
फेसबुक, युट्युबलगायत सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै पाकिस्तान