काठमाडौं । लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङले हतियारसहित तीनलाई पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ राप्ती पुल नजिकैबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के।सी, १२ कोरियनपुर बस्ने वर्ष २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट बाग्मती प्रदेश ०१—०२५ च ३०९७ नं.को गाडी, गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको मेडिन युएसए अटोमेटिक पेस्तोल थान (१९एक),गोली ९ राउण्ड, खुडा थान १,(एक), नोक थान २(दुई)बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जङ्गी अड्डामा हतियारसहितको बृहत् प्रदर्शनी हुँदै, प्रवेश नि:शुल्क
आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
अमेरिकाले ताइवानमा पठायाे ३८ वटा खतरनाक हतियार
हतियारमा ‘धार’ लगाएर जिन्दगी चलाउँदै ७० वर्षीय राना
झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार
दुर्गा प्रसाईंले लिएको हतियारको विवरणहरू प्राप्त नभएपछि मन्त्रालय रनभुल्लमा