काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले सदनमा महत्वपूर्ण कुरा प्रतिपक्षबिना अघि बढाउनु दुखद् भएको बताए ।
उनले एमसीसीमाथिको नेपालको व्याख्यालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए । अमेरिकाले नेपालसँगको मित्रतालाई महत्व दिए यसलाई स्वीकार गर्ने बताए । मान्यता नदिए कसैको केही नलाग्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, २० : ००
लेखकबाट थप