काठमाडौ । पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।आयोगका अनुसार श्रेष्ठले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको अचल सम्पत्ति घरतर्फ, जग्गातर्फ एवं बैंक मौज्दात गरी ६८ लाख ५० हजार ९५३ रुपैयाँ ९४ पैसासमेत रोक्का राखी अगुग बिगो तीन करोड ७६ लाख ७६ हजार ७१३ रुपैयाँ चार पैसा र सोको कानुन बमोजिम हुन आउने व्याजसमेत आरोपितको नाममा रहेको घर, जग्गाजमिन रोक्का राख्न सम्बन्धित निकायलाई लेखी पठाइ रोक्का राख्न माग गरिएको छ ।
पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँ ४० पैसाको स्रोत खुलेको आयोगले जनाएको छ । उनले समीक्षा अवधिभित्र ११ करोड ३५ लाख ४४ हजार २९४ रुपैयाँ ३८ पैसा खर्च गरेको पाइएकाले आम्दानीको तुलनामा खर्चमा प्रयोग भएको बढी रकम ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ ९८ पैसा बराबरको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १५ : १३
लेखकबाट थप