कोरोना अपडेट: थप २७५ जनामा संक्रमण पुष्टि, ५५५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १५ : ४९
कोरोना अपडेट: थप २७५ जनामा संक्रमण पुष्टि, ५५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २७५ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ८६२८ जनाको नमुना परीक्षण गरिएकोमा ३१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप १ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३२ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ५५५ जना संक्रमणमुक्त भएका छन् ।  

हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ९ हजार २८० रहेको छ ।