काठमाडाैँ । गृह मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसाविना नै एक व्यक्ति पुगेको घटनाका सम्बबन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।
विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै गृहले शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिलाई काम थालेको मितिदेखि सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही ९ फागुन सोमबार राति १०ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानको बिजनेस क्लासमा पासपोर्ट, भिसाविना नै रौतहटका १८ वर्षीय मोहम्मद शेख आलम पुगेका थिए ।
गृह मन्त्रालयको विज्ञप्ति
यही २०७८ फागुन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसा विना नै एक व्यक्ति पुगेको घटना विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको हुँदा घटनाका सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ (नौ) सदस्यीय छानविन समिति गठन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
फणिन्द्रमणि पोखरेल
सहसचिव/प्रवक्ता
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने
गृह मन्त्री लेखकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दा खादा र माला नल्याउन आग्रह
जहाज दुर्घटनापछि यस्तो छ विमानस्थल बाहिरको अवस्था (तस्विरहरु)
नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’