एजेन्सी । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।
एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।
रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् । रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरुले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ फागुन २०७८, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार
युक्रेनबाट २ जना नेपालीको उद्धार
अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी
रुसमाथि युक्रेनले गर्यो अहिलेसम्मकै ठुलो हमला, रुस भन्छ: चाँडै बदला लिन्छाैँ
दुई उत्तर कोरियाली सैनिकलाई रुसबाट युद्धबन्दीको रूपमा कब्जा गरेको युक्रेनको दाबी
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते