चलीरहने र चलाई रहनेमा फरक छ,
पहिले आफू चिन्न जानु पर्छ, र समाजले चिनाउने अवसर दिन्छ, यो अवसर गुमाउनु भएन ।
एउटा साहित्यकार जर्मनका चरित्र कथाकार डाक्टर फक्टश उनी एक दिन अकसमकस बिरामी हुन्छन, पेसाले उनि आफै जर्मनी डाक्टर थिए। तर उनी आफै आपातकालीन सेवा मा भर्ती हुन पुग्छन । उनलाई बिरामीले बिस्तारै बिस्तारै च्याप्दै जान्छ। हस्पिटल मा बिरामी को लहर थियो । उनले बाहृय वातावरण लाई हेर्दै केही कुरा अनुभव मा ल्याउँछन्।
तर उनि आफ्नो जीवन मृत्यु सम्म लडाउँदैको पललाई आफ्नो अनुभव मा उतारे र धेरै कुरा मनमा खेलाउदै पनि गए कतिलाई बचाए कतिलाई मृत्यु सम्म लडाए त कसैलाई समय सँग खेल्न सिकाए।
डाक्टर फक्टश धेरै कुरा मन मा खेलाउन थाल्छन समय र परिवर्तन हाम्रो जीवनको एउटा यात्रा हो, जो समयको घडीमा ब्याट्री सीधे पछि सुई रोकिन्छ, जीवन सिद्धिए पछि यात्रालाई व्यङ्ग्य गर्छन् ।
जब बिहान पख घाम अस्ताउँदै दिनभरि उज्यालो बनाउँछ अनि बिस्तारै समय बित्दै जान्छ र घामको किरण उदाउँदै जान्छ । यस्तै पहिलेको युगमा
राणाको पालामा कसैले शिक्षाको कुरा गर्दा राष्ट्रघाती हुन्थ्यो !
राजाको पालामा प्रजातन्त्र र मानव अधिकारको कुरा गर्दा राष्ट्रघाती हुन्थ्यो !
अहिले एमसिसीको कुरा गर्दा राष्ट्रघाती हुन्छ !
तर समयसँगै सबै कुरा स्पष्ट हुँदै जान्छ ! र त्यो पछि परिवर्तनसिल हुन्छ।
यही फरक समयमा फरक परिवर्तन चाहने व्यक्ति नै हो ।
कसैलाई त्यो घाम अस्ताउँदै गर्दा रमाइलो लाग्न सक्छ कसैलाई उदाउदै गर्दाको समय रमाइलो लाग्न सक्छ । हो, कसैलाई त्यो समयमा घामको आवशयक पर्छ, जब घाम अस्ताई सकेको हुन्छ । जुन बेला मानिसलाई त्यो समय आवश्यक पर्छ जुन बेला समय बितीसकेको हुन्छ ।
जुन मान्छेले समयलाई बुज्छ, त्यो व्यक्ति परिवर्तनको घेरा बन्न पुग्छ ।
डाक्टरले एउटा छोटो अनुभव सेयर गरेका थिए जब उनले समयसँग हार खाएका छन् उनको जर्मनी देखि बेलायतको हवाई जहाजको यात्रा थियो । उनले टिकट पनि लगे, उनी तम्तयार पनि भए कारण बस सडकमा पुरै गाडीको जाम थियो । उनको बिहानको १०ः४५ को टिकट त्यो समय उनको लागि एउटा अवसर गुमाउने बाटो मात्र हुन्न पुगेछ। कारणबस बिहान १०ः४५ को उनको हवाई टिकट मा १ सेकेन्ड ढिला हुन् पुगेछ। १०ः४४ मिनेट ५९ सेकेन्ड मा उनी हवाई उडान क्षेत्र मा पुग्छन् ।
उनी हवाई जहाजको ढोका सम्म पुग्दा हवाई उडान भइसेको हुन्छ। यहि कुरा लाई समेटेर एउटा कविता लेख्छन्। त्यो कवितामा उनले धेरै कुरा उल्लेख गरेका छन् । अब तपाईं सँग बाँच्नका लागि खाली एक घण्टा मात्र छ, र त्यस पछि तपाईं सदाका लागि लानत हुनुपर्छ। एउटा उभिरहनु स्वर्गका गोलाहरु त्यो समय बन्द हुन् सक्छ,
र मध्यरात कहिलै आउँदैन । स्वच्छ प्रकृतिको आँखा उठ, फेरि उठ,
र अनन्त दिन, बनाउनुहोस रात त्यस्तै बन्छ।
वा यो घडीको समय मात्र एक वर्ष, एक महिना, एक हप्ता, एक घण्टा, एक प्राकृतिक दिनहोस यही दिनमा हाम्रा फरक घडी फरक समय बिस्तारै बिस्तारै चल्ने छन्।
जून समाजमा शैतान हाजिर हुन्छ, त्यो समाजमा भगवान भन्दा बाहिर छ ।
कसैले मलाई तल तान्छ भने म तल झर्न सक्दैन किन की तल झर्न भन्दा पहिले नै म भगवानको प्यारो भएको हुन्छु।
एक थोपा मेरो श्वासले कसैको जिवन बच्न सक्छ, कसैको रगत बग्न सक्छ। हो एक थोपाले मेरो आत्मालाई शान्ति मिल्ला तर मेरो देश, मेरो समाजलाई शान्ति मिल्दैन।
यसै कुराको अन्धो हामी छौ। यो सत्य हो किनकी कसैको जिवन घडीं मा चलिरहेको हुन्छ। कसैको परिवर्तन सँग, तर जति पनि परिवर्तन र समय लाई हामी फलो गर्छौ उति नै आफ्नो जिबनमा केही न केही परिवर्तन उपलब्ध भएको हुन्छ । सामान्य तय म जस्तो मेरो परिवार छैन । मेरो परिवार जस्तो मेरो समाज छैन मेरो समाज जस्तो मेरो देश छैन किन की मेरो कुरा परिवार संग मिल्दैन अनि मेरो देश सँग कसरी मिल्न सक्छ। पहिले त आफू परिवर्तन हुन जरुरी छ।
अनि मात्र मेरो कुरा मेरो समाजले मेरो देशले सुन्छ । देश मा परिवर्तन भएको छैन देश मा शिक्षा छैन यो प्रश्न किन ? पहिले आफू स्यवं शिक्षित हौँ, अनि भनौं मेरो देशमा के पुगेको छैन।
हामी जस्ता युवा सडकमा उर्तिनु जरुरी छैन, किन कि हामीलाई आवश्यक के कुरा को छ, त्यही कुराको फलो गर्ने हो हामीलाई हाम्रो परिचय स्पष्ट भन आउँदैन हामी आफ्नै परिवारको समस्या हामीलाई थाहा हुँदैन, अनि म मेरो देश लाई दोष दिम, किन कि पहिले त आफूले आफूलाई अनुसन्धान गरेर हेरम, अनि हामीले हामीलाई समय दिन सक्छौ भने ताकि हामी मा परिवर्तन यतिकै आउँछ।
जब मैले आफनो समयलाई सदुपयोग गरिन् भने ममा परिवर्तन भएन भनेर हुन्छ । कदापि हुँदैन ! इतिहासको कुरा गर्दा पहिले जगंली जानवरबाट सुरु भई अहिले एक्काईसौं शताब्दीमा पुग्दा टेक्नोलोजी सम्म पुगेछ। आखिर यो समयले र परिवर्तन गरेर नैं होला ।
मेरो सफलताका आधारमा मेरो मुल्यांकन नगर्नु !
म कति पटक लडे र कति पटक उठे भने कुराको चाहिँ मेरो मुल्याकंन गर्नु !!
जून समस्यामा म गुर्जि रहेको छु त्यो समस्याको मुक्ति नै मृत्यु हो ।
ल ठिक छ, तपाईं मर्नु भयो मुक्ति पाउनु होला तर सोच्नुहोस त तपाईंको परिवारमा कस्तो बर्बाद होला ।
के उहाँको मृत्यु नै तपाईंको मृत्यु हो।
केहि परिवर्तनको लागी द्वन्द्व, र हत्कडी, आतङ्क, विरोध प्रदर्शनी लगाएर परिवर्तन हुँदैन, एकछिन सम्म केही परिवर्तनका रेशाहरु देखिएलान् तर सधैं त्यही अवस्था आउँछ भने हुँदैन । जीवन अमूल्य छ जीवन भन्दा अमूल्य अहिले शिक्षा छ। शिक्षाको जग नै बलियो भएन भने उच्च शिक्षा हाँसिल गर्न सकिन्न ।
किन कि अहिले जे कुरामा अनुभव र प्रतिस्पर्धाको खाँचो छ त्यही शिक्षा को आवशयकता हो । हामी जस्ता युवा ले विरोध पर्दशनी गरेर हाम्रो जिवन त राम्रो होला तर त्यो समाजमा त्यही बालवालिका जून बालबालिका अपाङ्ग र अनाथ छन्, एक छिन एता पनि हेरम जून बालबालिका आज के सिकाउन वर्ष पिच्छे लाग्छ। त्यो पनि उनले अभ्यास गरे पछि मात्र केहि कुरा सिक्न पुग्छन्, यस्तो अवस्थामा अनि उनको भविष्य कस्ले हेर्ला ?
डर दासता र हिंसाबाट मुक्ति पाउन हामी आफू पहिले मानव र स्वत्त्रतता र स्वाभिमानको अधिकारलाई हेरौं। अनि अरूलाई बदल्ने प्रयासमा जाऊ। जे हुन्छ द्वन्द्वले हुन्छ तर द्वन्द्व सधैं परिवर्तनशिल र अध्ययनशिल हुन्छ भने हुँदैन। व्यक्तिमा र समाजमा सधैं सफल पक्ष ल्याउँछ भने पनि त हुँदैन। त्यसैले प्रकृति जस्तै निश्चल छ समय वस् जिउन जान्नुपर्छ १
सबै कुरा परिवर्तनशील छ। भने रिस राग, दोष, घमण्ड मात्र किन हुन्छ।
प्रश्न आफैसँग !
हामीलाई थाहा छ, आफ्नो गन्तव्यमा पुग्न आफैं हिड्नु पर्छ, हो तर पनि सहाराको लागि समूह, समाज, संघ संस्था, महासघ, कार्यक्षेत्र, नेपाल प्रहरी, स्थानिय तह, समुदाय, विद्यालय, मिडिया, महानगर, प्रदेश र सरकारको आवश्यक पर्छ। किन कि यो सबैको समस्या समाधानलाई बनाएको एउटा सुरक्षा हो।
तर किन खोज्छन् यी रिस रागहरू ? के हामीमा हाम्रा लक्ष्य प्राप्ति बफादार छैन ? कि हामीमा हाम्रा घमण्डहरु कमजोर गराउने प्रश्न छैन्। प्रश्न हामी आफू माथि आफैँ गरौं, त्यो साहस हामी कहाँबाट जुटाऊँन सक्छौ ? जसले हामीलाई हाम्रा रिस राग, दोष, अनि घमण्ड तोड्ने, जहाँसम्म हामी आफूमै वफादार र स्वाभिमान अनि इमान्दारी बन्न सकौं।
तिलक बटाला
काठमाण्डौ, नेपाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, ११ : १४
लेखकबाट थप