एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको हो।
बाढीपहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन्। मानिसहरूले विद्यालयमा आश्रय लिइरहेका छन्। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। पछिल्लो डिसेम्बरदेखि ब्राजिलमा भारी वर्षाका घटनाहरू धेरै हुने गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ फागुन २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित
रोड्रीगोको गोलमा ब्राजिल विजयी
ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध
दोस्रो खेलमा लयमा देखियो ब्राजिल