लागूऔषधसहित युवक पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १० : २४
लागूऔषधसहित युवक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका क्रममा  लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो ।

साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । 

प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफरेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस