‘एमसीसी’ बारे जसपाको स्ट्याण्ड अझैं अनिर्णित

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, ११ : १८
‘एमसीसी’ बारे जसपाको स्ट्याण्ड अझैं अनिर्णित

काठमाडौं । एमसीसीबारे जनता समाजवादी पार्टी (जसपा) अझै अनिर्णित छ । जसपाका सांसद इस्तियाक राईले भने अहिले तत्काल जसपा एमसीसीको विपक्षमा नै रहने बताएका छन् । 

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।  'राष्ट्रवादी भनिने माओवादी र नेकपा (एस) ले आफ्नो पोजिसन क्लियर गरोस् त्यसपछि मात्र जसपाले एमसीसीको विषयमा आफ्नो धारणा बनाउँछ',राईले भने, 'अहिलेसम्मको परिस्थितिअनुसार जसपा एमसीसीको विपक्षमा नै रहने देखिएको छ । पार्टीले त्यस विषयमा हालसम्म कुनै औपचारिक निर्णय नगरे पनि मतदान गर्नुपर्ने अवस्थामा विपक्षमा नै मतदान गर्ने निर्णय हुने प्रवल सम्भावना छ ।'

प्रतिक्रिया दिनुहोस