एजेन्सी । भारतका प्रसिद्ध संगीत निर्देशक बप्पी लहरीको निधन भएको छ। ६९ वर्षका लहरीको मुम्बईस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चार संस्था पीटीआईले जनाएको छ।
लहरीले १९७०–८० को दशकमा भारतीय चलचित्रमा डिस्को थिमका धेरै चर्चित गीतमा संगीत भरेका थिए। ‘चलते चलते’, ‘डिस्को डान्सर’ जस्ता लोकप्रिय चलचित्रमा उनले संगीत दिएका छन्। उनले पछिल्लोपटक सन् २०२० मा आएको हिन्दी चलचित्र बागी–३ को गीतका लागि संगीत सिर्जना गरेका थिए।
लहरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो। उनको नाम आलोकेश ‘बप्पी’ लहरी थियो। उनले चलचित्रका लागि बप्पी लहरी नाम चयन गरे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ फागुन २०७८, ०८ : ५३
लेखकबाट थप