एमसीसीको विषयमा कार्यसूची बनाएर छलफल गरौँ : भीम रावल

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, २० : १०
एमसीसीको विषयमा कार्यसूची बनाएर छलफल गरौँ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् ।

 सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । 

‘यसका लागि संसदीय दलमा कार्यसूची निर्धारण गरी गम्भीर छलफल गरियोस् भनी माग गर्दछु’ रावलले भनेका छन् । उनले नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका बीच भएको मूल सम्झौता र त्यसको आधारमा गरिएका एक दर्जन जति सम्झौता एवं कार्ययोजनाका कैयन प्रावधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधीनता,स्वतन्त्रता, स्वभिमान तथा नेपालको संविधानविपरीत रहेको तथ्य प्रस्ट भैसकेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस