काठमाडौँ । इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।
फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।
यस संगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ ।
अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुलहामसँग चेल्सी पराजित
घरेलु मैदानमा चेल्सीको रोमाञ्चक जीत
मिडल्सब्रोको पोस्टमा चेल्सीको ६ गोल