काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो ।
आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ ।
काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ । सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ माघ २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ गठबन्धनको बैठक किन भयो स्थगित ?
सत्तारुढ गठबन्धनको बैठक बस्दै