सुनको मुल्य बढ्यो,कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, ११ : ५५
सुनको मुल्य बढ्यो,कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार  रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य भने तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस