एमसीसी संसदबाट बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता महत

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १९ : २४
एमसीसी संसदबाट बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । एमसीसी संसदबाट बहुमतले पारित हुने नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दावी गरेका छन् ।
बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् ।

‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ’, प्रवक्ता महतको भनाइ छ ।   उनले एमसीसीबारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद बैठकमा सरकारले एमसीसी टेबल गर्नुपर्छ भन्ने पार्टीको निश्कर्ष रहेको जानकारी दिए । 

‘त्यसका लागि काँग्रेसले अन्य दलसँग पनि छलफल गरिरहेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पास गर्छौ भन्नुभएको छ’, महतले सञ्चारकर्मीमाझ भने । 

प्रतिक्रिया दिनुहोस