मुख्यमन्त्री राईले भने– मुसो कालो वा सेता  होस् मुसा मार्नुपर्छ

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, २० : ०३
मुख्यमन्त्री राईले भने– मुसो कालो वा सेता  होस् मुसा मार्नुपर्छ

काठमाडौँ । १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री तथा कर्मचारीलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘बिरालो कालो होस् कि सेता होस् तर मुसा मार्नुपर्‍यो ।’

सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउने गरी कर्मचारीलाई काम गर्न पनि उनले निर्देशन दिए । कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि उनले मन्त्रीहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले योजना कार्यान्वयनका क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई समेत निर्देशन दिए । सरकारले काम गर्न नसकेको भनेर गुनासो आइरहेका बेला मुख्यमन्त्री राईले मन्त्री तथा कर्मचारीलाई कडा निर्देशन दिए ।
 

प्रतिक्रिया दिनुहोस