गैरकानुनी कार्यमा संलग्न १५४ जना विदेशी नागरिक निष्काशित

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, १३ : २९
गैरकानुनी कार्यमा संलग्न १५४ जना विदेशी नागरिक निष्काशित

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्काशन गरेको छ । 

२०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिएका हुन् । 

‘निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुत्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भने । 

प्रतिक्रिया दिनुहोस