कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, ०७ : २१
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यस्तै मंगलबार बिहान पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ।

 यस्तै दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस्तै प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 राति पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।  देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस