अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

रासस

आइतबार, २३ माघ २०७८, ११ : ०१
अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

मकवानपुर । हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म  हिउँ परेपछि  शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।

 जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुनः सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस