अभिनेता अमिताभ दयालको निधन

सफल खबर संवाददाता

बुधबार, १९ माघ २०७८, १३ : ४१
अभिनेता अमिताभ दयालको निधन

काठमाडौं । भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृदयघातका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् । 

अमिताभले अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनले श्रीमती मृणालिनीले निर्देशन गरेको फिल्म ‘धुआ’, ‘रंगदारी’, ‘ए दिल्लगी’ जस्ता फिल्ममा पनि अभिनय गरे ।

मृणालिन्नीका अनुसार गत १७ जनवरीमा अमिताभलाई हृदयघात भएपछि मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिए पनि गत शनिबार उनी कोरोनामुक्त भएका थिए । तर, बुधबार पुनः उनलाई हृदयघात भएपछि निधन भएको हो ।

अमिताभको जन्म छत्तीसगढको बिलासपुरमा भएको थियो । मृणालिनीका अनुसार परिवारका केही सदस्य छत्तीसगढमा रहेकाले उनीहरु आउनासाथ अमिताभको अन्तिम संस्कार गरिनेछ ।

अमिताभले सन् २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए । यद्यपि यो जोडी विवाहको नौ वर्षपछि अलग्गिएका थिए । उनीहरुका दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् ।

प्रतिक्रिया दिनुहोस