किम–टम्प वार्ताको समय र ठाँउ तय

शनिबार, २२ बैशाख २०७५, १२ : ३९
किम–टम्प वार्ताको समय र ठाँउ तय

एक बर्ष अगाडिसम्म यो सोच्न पनि असम्भवजस्तो थियो, तर अब लगभग तय भएको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनवीच ऐतिहासिक वार्ता हुने नै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो वार्तामा समय र ठाँउवारे त घोषणा गरेनन् तर वार्ताभन्दा अगाडि उत्तर कोरियामा बन्दी बनाइएका तीन अमेरिकी नागरिक रिहा हुनेछन् ।

डोनाल्ड ट्रम्पले भनेका छन्, ‘हामी उत्तर कोरियासँग विस्तृत संवाद गर्न गैरहेका छौँ । यी वार्ता भन्दा पहिला उत्तर कोरियामा रहेका हाम्रा वन्दीको रिहाइवारे केही प्रगति भएको छ । मेरो विचारमा छिटै राम्रो खवर सुन्ने छौँ । बार्ताको मिति र ठाँउ तय भएको छ । हामी यसको चाडै नै घोषणा गर्नेछौँ ।’ ट्रम्पले दक्षिण कोरियामा आफुहरुको सैन्य उपस्थिति चाहिँ कम नहुँने बताएका छन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस