काठमाडौं । पाँच टी-२० शृंखला अन्तर्गत भ्रमणकारी टोली इङ्ल्यान्डले चौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ ।
१९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनमा समेटियो । वेस्ट इन्डिजका ओपनर काइल मायर्सले ४० रन जोड्दा जसन होल्डरले ३६,ब्रान्डन किङले २६ र निकोलस पुरनले २२ रनको योगदान दिए ।
इङ्ल्यान्डका मोइन अलीले दुई तथा रेस टपले,आदिल रासिद, लियाम लिभिङस्टोनले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको भ्रमणकारी टोली इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रनको मध्यम योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि मोइन अलीले सर्बाधिक ६३ रन जोड्दा ओपनर जसन रोय ५२ रनको योगदान दिए ।
वेस्टइन्डिजका जेसन होल्डरले ३ विकेट लिए । अब निर्णायक खेल सोमबार विहान हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले इङ्ल्यान्डलाई ६ विकेटले हरायो