अमेरिकाद्धारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

शनिबार, २२ बैशाख २०७५, ०८ : ४०
अमेरिकाद्धारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

वासिङटन । अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ ।
यो महिना ३.९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो दर सन् २००० को डिसेम्बर महिनापछिको सबैभन्दा थोरै हो ।

बेरोजगारी दर घट्नुको मुख्य श्रेय राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसलाई नै जाने बताइएको छ । अर्थविद्हरूले मार्चमा र अप्रिलमा योभन्दा बढी अर्थात् एक लाख ९० हजार नयाँ रोजगारी सिर्जना हुने पुर्वानुमान गरेपनि रोजगारीका अवसर अपेक्षित नरहँदा सोचेभन्दा रोजगार दरमा कमी देखिएको हो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस