कुवेतमा एक बर्षमा ७० हजार सडक दुर्घटना

शनिबार, २२ बैशाख २०७५, ०८ : २६
कुवेतमा एक बर्षमा ७० हजार सडक दुर्घटना

कुवेती सिटी । कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती दुर्घटनामध्ये ४२८ दुर्घटनामा मानवीय क्षति भएको छ ।
मन्त्रालयका कार्यबहाक प्रमुख प्रवक्ता ताह्डि अल कान्देरीले ट्राफिक नियमको उल्लङघनका कारण धेरै दुर्घटना भएको बताउनु भयो ।
उहाँले सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग गर्ने कारण नै दुर्घटनाको मुख्य कारण भएको दावी गर्नुभयो ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस