माक्र्सवादलाई चीनले थप उचाइमा लग्नेछ : राष्ट्रपति सी

शनिबार, २२ बैशाख २०७५, ०८ : २३
माक्र्सवादलाई चीनले थप उचाइमा लग्नेछ : राष्ट्रपति सी

चीन । विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताउनुभएको छ । “चीनले माक्र्सवादको झण्डालाई उच्च बनाइरहने र माक्र्सवादका अनुयायीका लागि आफ्नो दल सधैँ अभिभावक बनी माक्र्सवादी दर्शनको सधैँ अभ्यास गरिरहने छ,” सीले बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ को औपचारिक भ्रमणका समय उक्त कुरा बताउनुभएको हो ।

दशकौँको बजार केन्द्रित विकासका वाबजुद पनि माक्र्सवादको अहिलेपनि चीनमा प्रभावकारी अभ्यास भइरहेको र यसले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा स्थापित गरेको छ । चीनका विद्यार्थीले माक्र्स र लेनिनको सिद्धान्तलाई माध्यमिक तहमा अध्ययन गरिरहेको, कर्मचारी तथा राज्य सञ्चालित सञ्चारमाध्यमका पत्रकारहरूले समेत अध्ययन गर्नेगरेको सीले बताउनुभयो ।

कर्मचारी तथा राज्यसञ्चालित सञ्चारमाध्यमका पत्रकारको बढुवाका लागि माक्र्सवाद अध्ययन कानूनी रूपमा अनिवार्य रहेको उहाँको भनाइ थियो । जर्मनीमा भएको सामाजिक क्रान्तीका दार्शनिकको सिद्धान्त जर्मनी लगायत विश्वका धेरै मुलुकमा निर्विवादित बन्न नसके पनि विश्वभर उहाँको दर्शनलाई अहिले पनि ठूलो जनसङ्ख्याले अनुशरण गर्ने गरेको पाइन्छ ।
चीन सोभियत संघको विघटनपछि विशिष्ट प्रकारको समाजवादी व्यवस्था भएको भिन्न मुलुक रहेको र राज्यद्वारा लगानी भएका कम्पनीको उत्पादनको चिनियाँ बजारमा एकाधिकार रहेको छ । चीन विश्वका ३७० जनाभन्दा बढी विश्वकै अति धनाड्य व्यक्ति भएको अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस