काठमाडौं । नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ ।
जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ डोज खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप
आयो फोक्सो क्यान्सरविरुद्धको खोप
बागमतीका ७१ हजार ९ सय पशुलाई लगाइयो खोप
लमजुङका दुई लाख २८ हजार पशुलाई खोप
आजदेखि उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान