मुम्बई । मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।
भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।
भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १३ माघ २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ कर्मचारी बर्खास्त गरेपछि गुगल प्रमुखको सन्देश- कार्यालयमा राजनीति नगर्नुस्
गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा, मेडियम वाइ अलेफले हेर्ने
फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना