एजेन्सी । भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् ।
यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लो २४ घन्टामा कोभिडबाट ६१४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् ।
भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् । भारतमा अहिले संक्रमणमुक्त दर ९३ दशमलब १५ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ माघ २०७८, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु
विश्वभर कोभिड-१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि