बेइजिङ । बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो । क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारले कोभिड परीक्षण तीव्र पारेको हो । विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको बेइजिङमा ३० जना कोभिड संक्रमित भेटिएका छन् ।
विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार संक्रमित वस्तुबाट कोभिड सर्ने सम्भावना न्यून हुन्छ । तर, चिनियाँ अधिकारीहरुले भने विदेशबाट पठाएको मेलबाट पनि कोभिड सर्न सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।
विश्वमा अन्य देशहरुको तुलनामा चीनको संक्रमण दर न्यून छ । चीनले कोभिडविरुद्ध शून्य सहनशिलताको नीति अप्नाउदै आएको छ । ४ फेब्रुवरीदेखि सुरु हुने ओलम्पिक खेलका लागि विभिन्न देशहरुबाट अतिथि आउने क्रम सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ माघ २०७८, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउँदै
चीनमा वर्षाका कारण राजमार्ग डुबानमा, ३४ जनाको मृत्यु
चीनले मे १ देखि नेपालीलाई भिसा शुल्क नलिने
नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न