काठमाडौँ । यो साता सेयर बजारमा १ अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो गत साताको तुलनामा ६६.३३ प्रतिशतले कम हो । गत साता ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । यो साता १७६ कम्पनी कारोबारमा आए । गत साता १८२ कम्पनी कारोबारमा आएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.१४ अंकले बढेर अन्तिम दिन १३६६.१५ अंकमा पुगेको छ । यो साता ३ दिन मात्र सेयर बजार खुला रहेकाले पनि गत साताको तुलनामा यस साता कारोबार रकममा गिरावट आएको देखिएको हो ।
कारोबार रकम (आठ करोड ५९ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ४२ हजार कित्ता) को आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार संख्या (१६३० वटा) को आधारमा भने स्वदेशी लघुवित्त बित्तिय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस