सर्लाही । जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा तापेको आगो एक्कासी सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिईन् ।
तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्याईएकी उनको उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बृद्धाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन् । पछिल्लो केही दिन यता जिल्लासहित तराईमा बढिरहेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।
बिशेष गरी जाडो छल्न विपन्न परिवार आगो बालेर तापिरहेका छन् । न्यानो कपडाको अभावमा कयौं परिवार रातिसमेत अगेना नजिकै आगोबालेर सुत्ने गर्छन् । त्यसरी आगो ताप्दा शरीरमा आगो सल्किएर यस्ता दुःखद घटना हुने गरेको छ । केही साताअघि मात्रै सदरमुकाम मलंगवा नगरपालिकाको खुटौनामा पनि आगोले जलेर एक जनाको ज्यान गएको थियो । जाडो छल्न असुरक्षित रुपमा आगो ताप्दा ज्यानसमेत जाने भएकोले सावधानी अपनाउन स्थानीय प्रहरी प्रशासनले जिल्ला वासीमा आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…
बाराका एक युवकले आफ्नै शरीरमा आगो लगाए
गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा