रुवान्डामा बाढी पहिरोबाट चार महिनामा १८३ जनाको मृत्यु

शुक्रबार, २१ बैशाख २०७५, ०८ : ३२
रुवान्डामा बाढी पहिरोबाट चार महिनामा १८३ जनाको मृत्यु

किगाली । अत्यधिक बर्षापछि आएको बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट रुवान्डामा गत चार महिनामा १८३ जनाको मृत्यु भएको छ ।
ती घटनाहरूमा परी अरु २१५ जना घाइते पनि भएको रुवान्डाको प्रकोप व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
सन् २०१८ को जनवरी एक देखि अप्रिल ३० सम्मको पहिलो चौमासिकमा प्राकृतिक प्रकोपबाट नौ हजार ९७४ घरमा क्षति पुगेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार घरमा क्षति पुगेकाले ७०६ जना नागरिक घरबारविहीन भएका छन् ।
त्यसैगरी २४ सय ५० हेक्टर क्षेत्रफलमा रहेको तरकारी तथा अन्य र २१ विद्यालयमा पनि क्षति पुगेको तथ्याङ्क छ ।
बुधबार बसेको मन्त्री परिषद्को बैठकले घटनाबाट प्रभावितहरूप्रति सहानुभूति व्यक्त गर्दै केही सहयोग गर्ने निर्णय गरेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस