ग्यास आक्रमणमा घाइते ४५ छात्रा अस्पताल भर्ना

शुक्रबार, २१ बैशाख २०७५, ०८ : २७
ग्यास आक्रमणमा घाइते ४५ छात्रा अस्पताल भर्ना

प्रतिकात्मक फोटो

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्तमा विद्यालयका छात्राहरूमाथि भएको ग्यास आक्रमणमा परी कम्तिमा ४५ छात्रा घाइते भएका छन् । घाइतेहरू सबैलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको अफगानी अधिकारीले जनाएका छन् । अफगानिस्तानको ताखार प्रान्तमा बिहीबार यो घटना भएको हो ।

“खवाजा बौद्धिन जिल्लामा रहेको बानान मिडल स्कूलका छात्राहरूमाथि कक्षा कोठामै आक्रमण भएको हो, आक्रमणमा परी ४५ भन्दा बढी छात्रा घाइते भएका छन्,” प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले बताउनुभयोे । उहाँले घाइतेहरु सवैलाई स्थानीय अस्पतालहरुमा उपचार गरिएको पनि सिन्ह्वालाई जानकारी दिनुभयो । प्रभावित विद्यार्थीहरूले दुर्गन्धित ग्यास जोडले कोठा भित्र पसेको बताएका छन् ।

घटनाका बारेमा तत्काल अनुसन्धान सुरु गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता असिरले जानकारी दिनुभयो । अफगानिस्तानमा लडाकूहरूले बेला बेलामा विद्यालयहरूमा यस्ता आक्रमण गर्ने गरेका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस