काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले नेपाल पुलिसलाई १ सय २ रनको विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको हो ।
प्रदेश १ का लागि ओपनर मिनास थापाले ५९ रनको योगदान गरे ।श्रवण यादवले १० रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र मञ्जीत श्रेष्ठले समान २–२ विकेट हात पारे । करण केसी र सागर ढकालले १–१ विकेट लिए ।नेपाल पुलिसले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि
पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
पुलिस क्लब प्रधानमन्त्री कपको फाइनलमा
कर्णालीविरुद्ध आसिफले बनाए शतक
प्रधानमन्त्री कप : कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य
प्रदीपको ६ विकेटमा मधेशको रोमाञ्चक जित