चितवन । २०६६ सालतिर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखा परेको ध्रुर्वे नामको जंगली भाले हात्तीले अहिलेसम्म १६ जनाको ज्यान लिएको छ । कहिले भारत त कहिले नेपालमा आतंक मच्चाएको यो भाले हात्ती नियन्त्रण गर्न सरकारले सकेको देखिदैन् । धेरै मान्छेको ज्यान लिएपछि ध्रुवे हात्तीलाई मार्न राज्यनै लागेको थियो । ध्रुवेलाई मार्न १६ लाख रुपैयाँ बढि राज्यले खर्च समेत गर्योे तर हात्ती एकाएक गायब भयो । पछिल्लो समय शान्त रहेको यो हात्ती फेरी आतंक मच्चाउँन उद्धत छ ।
मानिस देख्नासाथ आक्रमण गरिहाल्ने र मारिहाल्ने यो हात्तीको मुख्य विशेष्तानै बनेको छ । ध्रुेवेले ०६६ सालमा एकजना, ०६७ मा तीनजना, ०६८ मा एकजना र ०६९ मा १० जनागरी १५ जनाको ज्यान लिएको थियो । अहिले फेरी एकजना निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका अमल्दारलाई आक्रमण गरी मारेको छ । यो हात्तीले ५० वटा भन्दा बढि घर भत्काएको र टाइगर टप्स होटलको एउटा भाले हात्ती पनि मारेको निकुञ्ज कार्यालयको तथ्यांक छ । धेरै समय जंगलमा हराउने र कहिले काँहि बाहिर निस्किएर कहिले निकुन्जका पालुवा हात्ती त कहिले मानब बस्तिमा छिरेर घर भत्काउने र मानिसलाई आक्रमण गर्ने काम यसले गरिरहको छ ।
२०७५ साल बैशाखमा चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले साङ्लो चुडाएर जंगलतर्फ लगेको थियो । तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’ लाई दाह्राले हानेर तीर्थमान कलीको साङ्लो चुडाएर धुर्वेले जंगल लगेको सोही पोष्टमा हात्ती हेर्दै आएका रामकुमार चौधरी सम्झन्छन् । त्यस्तै १ वर्ष अगाडी गैंडा गणना गर्ने क्रममा गणक लाई धुर्वे हात्तीले आक्रमण गरेपछी ३ जना घाईते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
आइतबार, ०२ माघ २०७८, १५ : ५६
लेखकबाट थप